सुडानमा शनिबारदेखि जारी भिडन्त छैटौँ दिनसम्म पनि जारी छ। द्वन्द्वका कारण खार्तुममा खाद्यान्न अभाव, खानेपानी र विद्युत् आपूर्तिमा समस्या भइरहेको स्थानीयले जनाएका छन्।
सुडानमा सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्तमा परी हालसम्म ३३० जनाले ज्यान गुमाएका छन् भने ३ हजार २०० जना घाइते भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बिहीबार विज्ञप्तिमार्फत जारी द्वन्द्वका कारण सुडानी नागरिकको अवस्था चिन्ताजनक रहेको बताएको छ।
डब्लूएचओका प्रमुख टेड्रोस् अधानोम ग्रब्रिएसस्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ "कम्तिमा पनि ३३० जनाको मृत्यु भएको छ भने करिब ३२ सय जना घाइते भएका छन्। नागरिक र स्वास्थ्य संस्थामा भएको आक्रमणका कारण मानिसहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ।" उनले घाइतेहरूलाई तत्काल उपचारको खाँचो रहेको बताउँदै दुवै पक्षलाई भीडन्त रोक्न आग्रह गरेका छन्।
राजधानी खार्तुमसहित आसपासका ७० प्रतिशतभन्दा बढी अस्पतालहरूमा सेवा पाउन कठिन भएको अल जजिराले जनाएको छ। द्वन्द्वका कारण हजारौँ सर्वसाधारणले राजधानी छाडेर भागेको बताइएको छ। यस्तै, खार्तुममा खाद्यान्न अभाव, खानेपानी र विद्युत् आपूर्तिमा समस्या भइरहेको स्थानीयले जनाएका छन्।
यसैबीच, सुडानमा करिब ३०० भारतीय नागरिक अलपत्र परेको बताइएको छ। कर्नाटक राज्यको घुमन्ते आदिवासी समुदाय (हाक्की पिक्की) का १०० जना मानिसहरू पनि छन्। उनीहरू हर्बल औषधि र उत्पादनहरू बिक्रीका लागि सुडान पुगेको बताइएको छ।

द्वन्द्व कारण त्रासमा बाँचिरहेको र खाद्यान्न तथा पानीको अभाव भोगिरहेको सो समुदायका एक व्यक्तिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सो समुदायका अधिकांश मानिस राजधानी खार्तुममा रहेको र अन्य १ हजार किलोमिटर टाढाको शहर अल–फशिरमा रहेको बताइएको छ।
सुडानको सैन्य सरकार ढलाउने प्रयास गरिरहेको आरएसएफले शनिबार विमानस्थल, राष्ट्रपतीय कार्यालयसहित संवेदनशील सरकारी कार्यालयहरू कब्जा लिँदै द्वन्द्व चर्काएको थियो। शासन व्यवस्था कस्तो बनाउने भन्ने विषयमा फरक धारणा राख्ने सुडानी सेना र अर्धसैनिक बलको नेतृत्वबीच तनाव जारी छ।
सन् २०१९ मा लामो समयदेखिका निरंकुश राष्ट्रपति ओमार–अल–बसीर सत्ताच्युत गर्दै सेनाले सत्ता हत्याएपछि त्यहाँ अस्थिरता बढेको हो। त्यसयता, सेना नेतृत्वको सरकार र शक्तिशाली अर्धसैनिक बलबीच संघर्ष जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
