पुस २७ गते माओवादी केन्द्र र एमालेबीच कर्णाली प्रदेशमा मन्त्रालयको संख्या ७ राख्ने सहमति भएको थियो।
काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले राजकुमार शर्माले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेका छन्। बिहीबार मुख्यमन्त्री शर्माले मन्त्रालय विभाजन गरी नेपाली कांग्रेसका तीन जनालाई मन्त्रिपरिषद्मा सामेल गरेका हुन्।
मुख्यमन्त्री शर्माले नेपाली कांग्रेसका वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बीसीलाई मन्त्री नियुक्त गरेका हुन्। आर्थिक मामिला तथा योजनामन्त्रीमा सिंह, सामाजिक विकासमन्त्रीमा पोखरेल र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीमा बीसी नियुक्त भएका हुन्। राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्मालाई मन्त्री बनाएर जलस्रोत तथा ऊर्जाविकास मन्त्रालयको जिम्मा दिइएको छ। उनीहरूले बिहीबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमाले सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मुख्यमन्त्री शर्माले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई विभाजन गर्दै भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बनाएका हुन्।
यसअघि सात सदस्यीय रहेको कर्णाली प्रदेश मन्त्रिपरिषद् अब आठ सदस्यीय बनेको छ। जसमा माओवादीबाट पाँच र नेपाली कांग्रेसका तीन जना मन्त्री बनेका छन्। माओवादी केन्द्रबाट मंगल शाही, भीम प्रकाश शर्मा, कृष्णबहादुर जीसी र विश्वकर्मा सरकारमा सामेल थिए। पुस २७ गते माओवादी केन्द्र र एमालेबीच कर्णाली प्रदेशमा मन्त्रालयको संख्या ७ राख्ने सहमति भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
