स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार बेलुका त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि दिल्ली लगिएको हो।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ।
बिहान ९: ३० बजे श्री एयरलाइन्सको विमानमार्फत् दिल्ली लगिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार बेलुका त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।
चिकित्सकको सल्लाहअनुसार दिल्ली लगिएको हो। दिल्लीस्थित एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार हुने सचिवालयले जनाएको छ।
“उहाँको पेटमा समस्या देखिएपछि चिकित्सककै सल्लाह अनुसार भारत लगिएको हो”, पोखरेलले भने। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत साता तीन दिन त्रिवि शिक्षण अस्पतालमा उपचार गरेर फर्किएका थिए।
राष्ट्रपति पौडेलसँग नेपाली चिकित्सक टोली र परिवारका सदस्य पनि गएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
