नेप्सेमा कारोबार रकम ८७ करोडमा खुम्चियो

मंगलबार २६६ वटा कम्पनीका २९ लाख ७५ हजार ९२० कित्ता शेयर ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन्।

काठमाडौँ– पुँजी बजारमा मंगलबार सामान्य अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ को बिन्दुमा कायम भएको हो।

मंगलबार २६६ वटा कम्पनीका २९ लाख ७५ हजार ९२० कित्ता शेयर ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन्। होटल तथा पर्यटन समूह ४०.७५, म्युचुअल फन्ड समूह ०.०८ र निर्जीवन बिमा समूह ५.४३ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४९.६१ र लघुवित्त समूहको उपसूचक २०.६५ अंकले घटेको छ।

बैंकिङ समूह ०.०१, विकास बैंक समूह १२.२७, वित्त समूह ६.८६, जलविद्युत् समूह २.४९ र लगानी समूह ०.३६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ। त्यसैगरी, जीवन बिमा समूह ११.३०, व्यापार समूह १८.९४ र अन्य समूह ०.३६ अंकले घटेको छ।

कालिन्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सेयर मूल्य बढी घट्नेमा भने सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५.०५ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक प्रमोटर सेयर पाँच करोड २६ लाख ३२ हजार बराबरको पाँच लाख १६ हजार कित्ता किनबेच भएको छ।