जितका लागि २२७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन बनायो।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ।
गएराति घरेलु टोली बेंगलोरलाई आठ रनले पराजित गर्दै चेन्नई तेस्रो स्थानमा उक्लिएको छ। जितका लागि २२७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन बनायो।
बेंगलोरका ग्लेन म्याक्सवेलले ७६ रनको विस्फोटक इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन्। उनले ३६ बलमा ३ चौका र ८ छक्का प्रहार गरेका थिए।
कप्तान फाफ डु प्लेसिस ६२ रनमा आउट भए। उनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। तर तल्लो क्रमका ब्याटर नचलेपछि बेंगलोर पराजित भयो।
चेन्नईका तुषार देशपान्डेले सर्वाधिक ३ विकेट लिए। मथिसा पाथिरानाले २ तथा आकाश सिंह, मोईन अली र महेश थिक्सेनाले समान १/१ विकेट लिए।
त्यसअघि चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २० विकेट गुमाउँदै २२६ रन बनाएको थियो।
चेन्नईका डेभन कनवेले ४५ बलमा ८३ रन बनाए। उनले ६ चौका र ६ छक्का प्रहार गरे। शिभम दुवे २७ बलमा ५२ रनमा आउट भए।
बेंगलोरका मोहम्मद शिराज, विजयकुमार वैश्यक, वेन पार्नेल, वानिन्दु हसरंगा, ग्लेन म्याक्सवेल र हर्षल पटेलले समान १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
