रास्वपाले ढाकाकुमार श्रेष्ठमाथि कारबाही गरेको पत्र संघीय संसद् सचिवालयमा पेस भएको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको तर्फबाट समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठमाथि कारबाही गरेको पत्र संघीय संसद् सचिवालयमा पेस भएको छ।
सो पार्टीले बुझाएको पत्र संसद् सचिवालयमा पेस भएको सचिवालयमा सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए। “पत्र सचिवालयमा पेस भएको छ। दर्ताको प्रक्रियामा नै रहेको छ। पेस भएको पत्रमा कागजात कानूनअनुसार भए नभएको अध्ययन गर्ने काम हुँदैछ”, उनले भने।
उनका अनुसार सांसदमाथि गरिएको कारबाहीको प्रक्रिया पूरा भए/नभएको अध्ययन गरेपछि सचिवालयले दर्ता गर्ने वा के गर्ने निर्णय गर्नेछ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।
यो पनि : २ करोड 'घूस मागेका' ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यतासमेत खारेज गर्ने रास्वपाको निर्णय
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
