कारोबार भएका ७० कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ मा सीमित भएको हो।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२६ अंकले ओरालो लागेर ३६७.७३ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्यमा वृद्धि हुँदा नौ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ।
कारोबार भएका ७० कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। कूल ३० लाख ५६ हजार ७७५ कित्ता सेयर ९७ करोड ४५ लाख ९९ हजार ६१ मूल्यमा खरिद बिक्री भयो।
कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको तीन करोड ८९ लाख चार हजार ४०९ मूल्य बराबरको सेयर खरिद बिक्री भए।
एनआइसी एशिया बैंक तीन करोड ६४ लाख ९८ हजार ७५०, शिवम् सिमेन्ट तीन करोड १७ लाख २० हजार ७००, हिमालयन डिस्टिलरी दुई करोड ७९ लाख ९४ हजार ४५५ र सगरमाथा जलविद्युत् कम्पनी दुई करोड ७२ लाख ३३ हजार १६५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार आर्दश लघुवित्त, मैलुङ हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले उकालो लाग्दा कालिन्चोक दर्शन लिमिटेड ९.९८, तारागाउँ रिजेन्सी होटल ७.४३ र धौलागिरि लघुवित्तको सेयर मूल्य ५.६४ प्रतिशतले घटेको छ।
त्यस्तै, एशियन हाइड्रोपावर ७.८३, सगरमाथा जलविद्युत् कम्पनी ६.७६, आरबीबी म्युचुअल फन्ड एक ५.१३, माहुली लघुवित्त ४.५९ र गरिमा विकास लघुवित्तको सेयर मूल्य ४.४२ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
