कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालमा कोभिड १९ विरुद्ध खोप लगाउनेको संख्या पनि बढेको छ। नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ ले ४२ प्रतिशत संक्रमण फैलाइरहेको छ।
काठमाडौँ– नेपालमा पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितको संख्या बढिरहेको छ। दुई हप्ताअघि (चैत १८ गते) १७१ जना सक्रिय संक्रमित रहेकामा शनिबार यो संख्या ३७७ पुगेको छ।
चैत १८ गते ३८ जना नयाँ संक्रमित थपिएका थिए भने शनिबार ६४ जना थपिएका छन्। शुक्रबार १३६ जना थपिएका थिए। कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालमा कोभिड १९ विरुद्ध खोप लगाउनेको संख्या पनि बढेको छ।
ओमिक्रोन भेरियन्टको सबभेरियन्टका कारण नेपालमा पनि कोरोना संक्रमण बढिरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बताए। नेपालमा अहिले ९ वटा सबभेरिएन्ट फेला परेको र जसमा आधाभन्दा धेरै नयाँ प्रजातीको रहेको उनको भनाइ छ।
डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी १।१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे। यो सब भेरिएन्टले नेपालमा ४२ प्रतिशत संक्रमण फैलाइरहेको छ।
“त्यसैले तपाईंहरूले खोप नलगाएको भए लगाउनुहोस्। यो भेरिएन्ट घातक नमानिए पनि यसले दीर्घरोगी र ज्येष्ठ नागरिकलाई असर गर्न सक्छ,” उनले भने, “ त्यसैले सतर्कता अपनाउन जरुरी छ। मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ। हातको सरसफाइ राम्रोसँग गर्नुपर्छ।” कोरोनाको बुस्टर मात्रा नलगाएकाले पनि लगाउन डा. पुनको सुझाव छ।
बेलैमा स्वास्थ्यका मापदण्डको पालना गरेर सतर्कता अपनाए क्षतिबाट बच्न सकिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
