५५ हात लामो, नांलो जत्रो फेद भएको लिंगो तान्त्रिक विधिपूर्वक १० कर्म विधान गरी उठाइएको हो। लिंगोको कोखा (टुप्पो)मा विश्व ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ डोरीले तान्ने गरिन्छ।
भक्तपुर– भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने लिंगो बिहीबार राति उठाइएको छ।
स्थानीयवासीले गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पुर्याएर चार घण्टाको अथक प्रयासपछि राति आठ बजे लिंगो ठड्याइएको हो।
५५ हात लामो, नांलो जत्रो फेद भएको लिंगो तान्त्रिक विधिपूर्वक १० कर्म विधान गरी उठाइएको हो। लिंगोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा विश्व ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ डोरीले तानेर उक्त लिंगो उठाइएको हो।
लिंगोको कोखामा झुन्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ। भक्तपुरको प्रसिद्ध बिस्केटको लिंगो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता छ। त्यसैले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ।
लिंगो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो। मल्ल राजाका पालादेखि भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको संस्कृतिविद् ओम धौभडेलले बताए।

आज दिनभर लिंगोलाई भैरवको प्रतीक मानेर स्थानीयवासीले पूजा गरी बलि दिने गर्दछन्। लिंगो जात्रा हेर्न देश विदेशका हजारौँ मानिसको भीड लाग्ने गर्छ। वैशाख १ गते दिनभर जात्रा गरेर साँझ १० कर्म विधि एवं तान्त्रिक विधिअनुरूप पूजा गरेर लिंगो ढाल्ने गरिन्छ। यस्तै भक्तपुरको पोटरी स्क्वायरस्थित कुमालेटोलमा स्थानीयवासीले हात नभएको लिंगो पनि उठाएका छन्।
मध्यपुर थिमिको महालक्ष्मी मन्दिर अगाडि थिमिका बासिन्दाले अर्को लिंगो उठाएका छन्। यहाँ लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको व्रत शुरू हुने र शनिबार जिब्रो छेडेपछि मात्रै व्रत समाप्त हुने परम्परा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
