१ हजार ४८८ जनामा परीक्षण गर्दा थपिए १०६ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा दिउँसो २ बजेसम्म संस्थागत आइसोलेसनमा २७ जना, आईसीयूमा १२ र भेन्टिलेटरमा तीनको उपचार भइरहेको छ।

काठमाडौँ– नेपालमा थप १०६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपराह्न जारी गरेको पछिल्लो २४ घण्टाको संक्रमणको अवस्थाबारेको विवरणअनुसार नेपालमा थप १०६ जनामा संक्रमण देखिएको हो।

यो अवधिमा ५४१ आरटीपीसीआर र ९४७ एन्टिजेन विधिबाट गरी १ हजार ४८८ जनामा परीक्षण गरिएको थियो।  जसमध्ये  आरटीपीआर विधिबाट परीक्षण गर्दा ६४ जना र एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयको विवरण अनुसार बिहीबार ४३५ जना संक्रिय संक्रमित छन्। मन्त्रालयले आरटीपीसीआर गर्दा संक्रमण पुष्टि भएकालाई मात्र सक्रिय संक्रमितमा समावेश गरेको छ। काठमाडौँ उपत्यकामा दिउँसो २ बजेसम्म संस्थागत आइसोलेसनमा २७ जना, आईसीयूमा १२ र भेन्टिलेटरमा तीनको उपचार भइरहेको छ। कोरोना संक्रमण शुर भएयता १२ हजार २२ संक्रमितले ज्यान गुमाएका छन्।

खोप ३१ हजार ५५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। पछिल्लो समय कोरोना संक्रमण बढिरहेको भन्दै मन्त्रालयले सुरक्षित तरिकाले मास्क लगाउन, सरसफाइमा ध्यान दिन, सामाजिक दूरी कायम गर्न, भिडभाडमा नजान र नगर्न आग्रह गरेको छ।