१७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्याे।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान शीर्षस्थानमा उक्लिएकाे छ।
बुधबार राति चेन्नईकाे घरेलु मैदानमा राजस्थानले ३ रनकाे राेमान्चक जित दर्ता गरेकाे हाे। १७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्याे।
चेन्नईका लागि ओपनर डेभोन कन्वेले ३८ बलमा ६ चौकाका साथ ५० रन बनाए। अजिन्क्या राहानेले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा अविजित ३२ रन बनाए।
राजस्थानका युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले २/२ तथा सन्दीप शर्मा र एडम जाम्पाले १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। राजस्थानका ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ्स खेले।
देवदत्त पडिकलले २६ बलमा ५ चाैकसहित ३८ रन बनाउँदा रविचन्द्रन आश्विनले २२ बलमा ३० रन बनाएका थिए।
चेन्नईका तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले २/२ तथा मोईन अलिले १ विकेट लिए। चेन्नई ४ खेलमा २ जित र २ हारसहित पाँचौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
