प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएपछि डायलासिस गराइरहेका बिरामी प्रदीपकुमार दासले चढाइरहेको रगतको पाइप चुडाइँदा उनको मृत्यु भएको छ।
सिरहा- प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएको छ। आगलागीपछि डायलासिस गराइरहेका बिरामीले चढाइरहेको रगतको पाइप चुडाइँदा उनको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिरहाको बरियारपट्टी गाउँपालिका खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दास छन्। डायालासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएको थियो। आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले उनलाई चढाइरहेको रगतको पाइप चुडाइदिएका थिए। तर, पाइपमा क्याब नलगाउँदा अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
अत्यधिक रक्तश्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो। आगलागीको समयमा आठ जनाले डायलासिस गराइरहेका थिए। मृत्यु भएका बिरामी पहिलादेखि नै सिकिस्त भएको र उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी अशोक सिंहले दाबी गरे। "जेनेरेटर चल्दै गर्दा आगलागी भयो," सूचना अधिकारी सिंहले भने,"उपचार गराउँदै गरेकालाई पछि आकस्मिक कक्षमा उपचार गराए पनि जोगाउन सकिएन।"
अरू वार्डमा पनि भर्ना भएका बिरामीको भागभाग भएको थियो। डायलासिस गराइरहेका र एचडीयू, प्रसूति वार्डलगायतमा भर्ना भएका बिरामी बाहिर निस्किएका थिए। अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादव नेपालबाहिर छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
