कोरोना संक्रमणबाट एक जनाको मृत्यू, १२१ नयाँ संक्रमित

स्वास्थ्य मन्त्रालयले विगत २४ घन्टाको तथ्यांक सार्वजनिक गर्दै एक जनाको मृत्यु भएको जनाएको छ। मंगलबार पनि एक जनाको मृत्यु भएको थियो भने १०६ जना नयाँ संक्रमित फेला परेका थिए।

काठमाडौँ- कोरोना संक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ। देशरभरिमा कोरोनाबाट संक्रमित १२१ जना नयाँ बिरामी फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत २४ घन्टाको तथ्यांक सार्वजनिक गर्दै एक जनाको मृत्यु भएको जनाएको हो। मंगलबार पनि एक जनाको मृत्यु भएको थियो भने १०६ जना नयाँ संक्रमित फेला परेका थिए।

२३ पुसपछि नेपालमा कोरोनाबाट मंगलबार पहिलोपटक संक्रमितको मृत्यु भएको हो। नेपालमा हालसम्म १२ हजार २२ जनाको कोरोनाबाट मृत्यु भएको छ।

मन्त्रालयका अनुसार २४ घन्टामा दुई हजार ३७७ जनाको परिक्षण गरिएको थियो। अहिले देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ४४५ छ। पछिल्लो २४ घन्टामा अस्पतालबाट संक्रमणमुक्त भएर ८१ जना घर फर्किएका छन्।

अहिले काठमाडौँका अस्पतालहरूमा आईसीयूमा राखेर ११ जनाको र भ्यान्टिलेटरमा राखेर तीन जनाको उपचार भइरहेको छ।