बैंकर्स संघकाे बुधबारकाे बैठकले बैशाख १ देखि मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत खाताकाे ७.९ प्रतिशत बनाउने निर्णय गरेकाे छ।
काठमाडौँ– वाणिज्य बैंकको छाता संगठन नेपाल बैकर्स संघले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ।
संघको बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर घटाउने निर्णय गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले जानकारी दिए।
बैंकले ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेका हुन्। “बैंकमा अहिले कर्जाको माग छैन। निक्षेप बढेको छ। त्यसकारण घटाउने निर्णय गरेका हौँ। यो समान्य चक्र नै हो,” खालिङले भने।
योसँगै बैशाख १ देखि मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत खातामा ७.९ प्रतिशत हुनेछ। हाल बैंकहरूले मुद्दतीमा ११ तथा संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए।
साधरण निक्षेपको ब्याजदर भने ५.४५ देखि ७.४५ प्रतिशतसम्म रहनेछ। बचतकर्ताले ६ देखि ८ प्रतिशत ब्याजदर पाउँदै आएका थिए। निक्षेपको ब्याजदर घट्दा आधारदर पनि घट्न जान्छ।
सोहीकारण चैत मसान्तसम्मको आधार दरका आधारमा वैशाखदेखि कर्जाको ब्याजदर पनि घट्दै जाने खालिङले बताए। अहिले बैंकहरूलाई कर्जाको ब्याजदर घटाउन चर्को दबाब छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
