दुर्घटनामा गम्भीर घाइते भएका पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। कारमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ।
सिन्धुली– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ।
एकजना गम्भीर घाइते भएका छन्। गएराति साढे १२ बजे भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भएर दुर्घटना भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए।
दुर्घटनामा गम्भीर घाइते भएका एकजना पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। कारमा पाँच जना सवार थिए। मृतक चारै जना पुरुष रहेको एसपी सिलवालले बताए।
भिर भएको स्थानमा कार सडकबाट ५०० मिटर तल खसेको थियो। भिरमा जान सहज नभएका कारण शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ।
शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको छ। कारमा सवार पाँचै जनाको परिचय खुल्न नसकेको एसपी सिलवालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
