मलेसिया क्रिकेट एसोसिएसनले मंगलबार अहमद फैजको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।
काठमाडौँ– आगामी साताबाट शुरू हुने एसीसी प्रिमियर कपका लागि मलेसियाले टोली घोषणा गरेको छ। मलेसिया क्रिकेट एसोसिएसनले मंगलबार अहमद फैजको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीको उपकप्तानमा विनरदीप सिंह रहेका छन्। टोलीमा हङकङ, कुवेत र मलेसिया सम्मेलित थ्री नेसन्स एकदिवसीय सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका विजय उन्नी र मुहम्मद अजाम पनि छन्। विजयले ३ खेलमा एक शतक र अर्धशतकसहित १५२ र अजामले ९० रन बनाएका थिए।
मलेसिया रहेको समूह ‘ए’ मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन्। मलेसियाले समूह चरणका तीन खेल मूलपानी र एक खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्नेछ। मलेसियाले त्रिवि क्रिकेट मैदानमा १८ अप्रिलमा घरेलु टोली नेपालसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्ने छ।
हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। समूह ‘बी’ मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहराइन रहेका छन्। फाइनल खेल मे १ मा हुने छ। प्रतियोगिताको उपाधि विजेता राष्ट्र एसिया कपमा छनोट हुनेछ।
मलेसियाको टोली :
अहमद फैज(कप्तान),विरनदीप सिंह(उपकप्तान), सइद अजई, शरभिन मुनियान्दी, अमिर अजिम, फित्री साम, खिजरी ह्यात, रिजवान हैदर, विजय उन्नी, अनवर रहमान, नज्जिल रहमान, मुहम्मद अजाम, वाफिक इरफान र सैहदइत

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
