सोमबार देशभर ४४४ जना सक्रिय संक्रमित छन्। तीमध्ये काठमाडौँ उपत्यकामा चार जनाको भेन्टिलेटर र १० जनाको आईसीयूमा उपचार भइरहेको छ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १२४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न जारी गरेको पछिल्लो २४ घण्टाको कोरोना संक्रमितको विवरणअनुसार नेपालमा संक्रमितको संख्या बढेको देखिएको हो।
परीक्षण दर बढेसँगै कोरोना संक्रमितको संख्यामा पनि वृद्धि भएको हो। सोमबार देशभर २ हजार ५६६ नमुना परीक्षण गरिएको छ। आइतबार देशभर १ हजार २१६ जनामा परीक्षण गर्दा ५५ जनामा कोरोना संक्रमित देखिएको थियो।
त्यसअघि शनिबार १ हजार १७० जनाको परीक्षण गर्दा ६४ र शुक्रबार १ हजार ६३५ नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
सोमबार आरटी–पीसीआर विधिबाट ९०२ र एन्टिजेन विधिबाट १ हजार ६६३ जनाको परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो। आरटी–पीसीआर परीक्षणमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयको विवरणअनुसार सोमबार देशभर ४४४ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितको विवरणमा आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण देखिएकालाई मात्र समावेश गरिएको मन्त्रालयले जनाएको छ।
सक्रिय संक्रमितमध्ये काठमाडौँ उपत्यकामा चार जनाको भेन्टिलेटर र १० जनाको आईसीयूमा उपचार भइरहेको छ। २१ जनालाई भने संस्थागत आइसोलेसनमा राखिएको छ। यो अवधिमा २९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण वृद्धि भइरहेको भन्दै सचेत रहन र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
