सांसद रावलले मेडिकल व्यवसायीसँग २ करोड मागिएको अडियोको विषयमा पार्टी विषयले भन्दा पनि घटना सत्य हो या होइन तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताएकी छन्।
काठमाडौँ– राष्ट्रियसभाका नेकपा एमालेकी सांसद दिलकुमारी रावलले एक मेडिकल व्यवसायीसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले घुस लिने काममा निलम्बित सांसद श्रेष्ठ मुछिएका हुन्/होइनन् सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेकी हुन्।
रास्वपाका सांसद श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड चाहिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि त्यो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने पार्टीले उनलाई कामकारबाही गर्न रोक लगाउँदै २४ घण्टै स्पष्टीकरण सोधेको छ।
रास्वपाले उनीमाथि छानबिन गर्न समिति गठन गरेको पार्टी सभापति रवि लामिछानेले आइतबार बाराको चुनावी सभालाई सम्बोधनका क्रममा बताएका थिए। उनले सत्यतथ्य छानबिन गरेर दोषी भेटिए सांसद श्रेष्ठमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। पार्टीले पनि अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको जनाएको छ।
सांसद रावलले पार्टी विषयले भन्दा पनि घटना सत्य हो वा होइन तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताइन्। “पार्टीले कारबाही गर्नेभन्दा पनि राज्य, सरकारले यसको तथ्यसत्य छानबिन गरेर कारबाहीका दायरामा ल्याउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
