राष्ट्रिय मुद्रालाई पुनर्स्थापित गर्दै मुद्रा नीतिलाई नियन्त्रण गर्ने सोमालियाको केन्द्रीय बैंकको तयारी गरेको ब्लुमबर्गले जनाएको छ।
पूर्वी अफ्रिकी मुलुक सोमालियामा सन् १९९१ यता नयाँ नोट निष्कासन गरिएको छैन। सन् १९९१ मा सरकार ढलेपछि गृहयुद्ध चर्किएको सोमालियामा त्यसयता नयाँ नोट नछापिएको हो।
तर सोमालियाले २३ वर्षपछि बल्ल नयाँ नोट निष्कासन गर्ने संकेत देखाएको छ। सन् २०२४ सम्ममा नयाँ नोट छाप्ने सोमालियाको केन्द्रीय बैंकको योजना छ। केन्द्रीय बैंकले एक हजारका नोट (शिलिङ) छाप्ने योजना बनाएको छ। राष्ट्रिय मुद्रालाई पुनर्स्थापित गर्दै मुद्रा नीतिलाई नियन्त्रण गर्ने सोमालियाको केन्द्रीय बैंकको तयारी गरेको ब्लुमबर्गले जनाएको छ।
यसअघि सोमालियाको केन्द्रीय सरकार ढल्नुभन्दा एक वर्षअघि (सन् १९९०) मा नयाँ नोट जारी भएको थियो। त्यसयता पुरानै नोटहरू चलिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०१७ को तथ्यांक अनुसार सोमालियाको अर्थतन्त्रमा प्रयोग भएको ९८ प्रतिशत स्थानीय मुद्रा नक्कली पाइएको थियो।
त्यतिबेला छापिएका नोटहरू हाल पुराना र जीर्ण बन्दा प्रयोगमा समेत कठिनाइ भइरहेको छ भने सोमालियाको मुद्रालाई अमेरिकी डलरले प्रतिस्थापन गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
