आइतबार सबैभन्दा धेरै जीवन बीमा समूह १७९.९४ र निर्जीवन बीमा समूह १५३.३६ अंकले घटेको छ।
काठमाडौँ– पुँजीबजारमा आइतबार उच्च अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ अंक कायम भएको हो।
आइतबार २६८ वटा कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर २९ हजार २३९ पटक खरिदबिक्री हुँदा एक अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आइतबार सबै समूहको उपसूचक राताम्य देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूह १७९.९४ र निर्जीवन बीमा समूह १५३.३६ अंकले घटेको छ।
नेप्सेका अनुसार बैंकिङ समूह १५.११, विकास बैंक समूह ६१.५२, वित्त समूह २७.७३, होटल तथा पर्यटन समूह ४३.०४ र जलविद्युत् समूह ५७.९० अंकले घटेको छ। त्यस्तै, लगानी समूह ०.६६, उत्पादन तथा प्रशोधन समूह ४९.८१, लघुवित्त ४४.३५, म्युचुअल फन्ड ०.१०, अन्य समूह १७.३ र व्यापार समूह २७.३३ अंकले घटेको छ।
आइतबारको कारोबारमा कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गिरावट भने माछापुच्छ्रे बैंक डिबेन्चर–२०८५ को सेयरमूल्य ७.७५ प्रतिशतले घटेको छ। नेप्सेका अनुसार आइतबार सबैभन्दा धेरै नबिल बैंक लिमिटेडको पाँच करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्ट लिमिटेडको पाँच करोड ७८ लाख ३७ हजार बराबरको शेयर कारोबार भएको छ। कारोबार भएको सेयर संख्याका आधारमा भने ग्लोबल बैंक लिमिटेडको प्रमोटर सेयर दुई लाख २३ हजार ४३७ कित्ता खरिद बिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
