राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्।

राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन्। पोखरेल तीन दशकदेखि पत्रकारितामा क्रियाशील छन्।

उनी राष्ट्रिय सूचना आयोगको पूर्वआयुक्त तथा नेपाल प्रेस युनियनको पूर्वअध्यक्षसमेत हुन्।

यसअघि राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल, परराष्ट्र सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसे र कानूनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिसकेका छन्।