निर्वाचन आयुक्त भण्डारीले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रबारबाट आचारसंहिता लागू हुने बताएका छन्।
काठमाडौँ– बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू हुने भएको छ। वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको हो।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार निर्वाचन आयोग र निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठक बसेर चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरूमा लागू हुने गरी उपनिर्वाचन प्रयोजानार्थ आचारसंहिता लागू हुने बताए। उनले आचारसंहिता उल्लंघन भए उल्लंघनकर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसर बाँकी नराख्ने बताए।
“विभिन्न निकायलाई आचारसंहिता कडाइका साथ परिपालना गर्न निर्देशन गरेका छौँ। विगतका निर्वाचनबाट पनि हामीलाई आचारसंहिता कार्यान्वयन गर्ने अनुभव छ, उपनिर्वाचनमा पनि राम्रोसँग आचारसंहिता कार्यान्वयन गर्छौं,” उनले भने, “यदि, कसैले उल्लंघन गर्छ भने उल्लंघनकर्ता सजायको भागिदार हुनेछ।”
निर्वाचन आयुक्त भण्डारीका अनुसार उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रबारबाट आचारसंहिता लागू हुने छ। कतिपय आचारसंहिताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुने पनि उनको भनाइ छ। उनले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित पक्षहरूलाई निर्देशन दिइसकेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
