मुम्बई सिटीविरुद्ध खेल्न भारत आउलान् त रोनाल्डो?

रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, युभेन्टसका लिजेन्ड रोनाल्डो गत वर्ष अन्त्यमा साउदी अरबको क्लब अल–नासरसँग अनुबन्ध भएका थिए। उनको टोली साउदी प्रोफेसनल लिगमा दोस्रो स्थानमा छ।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नै आँखा अगाडि खेलेको हेर्ने सबै फुटबल प्रेमीको सपना हुन्छ। पोर्चुगलका कप्तानका विश्वभर समर्थक छन्।

भारतमा पनि उनका समर्थक छन्, जसले उनलाई आफ्नो भूमिमा खेलेको हेर्न चाहन्छन्। अब उनीहरूको सपना साकार हुन सक्छ। रोनाल्डोले यस वर्षको अन्त्यमा भारत भ्रमण गर्ने र इन्डियन सुपर लिग (आईएसएल) टोली मुम्बई सिटीविरुद्ध खेल्ने प्रबल सम्भावना छ।

मुम्बई सिटी एफसीले मंगलबार क्लब प्लेअफ खेलमा जमशेद एफसीलाई ३–१ ले पराजित गरेको छ। यस जितसँगै मुम्बई एएफसी च्याम्पियन्स लिग २०२३–२४ को समूह चरणका लागि छनोट भएको छ। एएफसी च्याम्पियन्स लिगका समूह चरणका खेल सेप्टेम्बर १८ बाट शुरू हुनेछन्।

रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, युभेन्टसका लिजेन्ड रोनाल्डो गत वर्ष अन्त्यमा साउदी अरबको क्लब अल–नासरसँग अनुबन्ध भएका थिए। उनको टोली साउदी प्रोफेसनल लिगमा दोस्रो स्थानमा छ। नासर किंग्स कपको सेमिफाइनलमा पनि पुगेको छ। उसले एएफसी च्याम्पियन्स लिगमा स्थान बनाउन सक्ने सम्भावना बलियो छ। यदी नसार साउदी प्रोफेसनल लिगको शीर्ष स्थानमा रह्यो वा किंग्स कपको फाइनल जित्यो भने एएफसी च्याम्पियन्स लिगको लागि छनोट हुनेछ।

संयोग भारत र साउदी एएफसी च्याम्पियन्स लिगको वेस्ट जोनमा परेका छन्। यस्तो अवस्थामा मुम्बई र नासरको टोली एउटै समूहमा पर्न सक्छन्। यसो भयो भने मुम्बई एक खेलका लागि रियाद र नासर भारत आउने छ।

नासर र रोनाल्डोको प्रदर्शन कस्तो छ?
नासरले साउदी प्रोफेसनल लिगको जारी सिजनमा राम्रो प्रदर्शन गरिरहेको छ। नासरको २२ खेलमा ५२ अंक छ। यो पहिलो स्थानमा रहेको अल–इतिहादपछि दोस्रो हो। अल–इतिहादको २२ खेलबाट ५३ अंक छ। लिगमा अझै आठ खेल बाँकी छन्।

नसारसँग शीर्षस्थानमा पुग्ने मौका छ। नसारले अप्रिल २४ मा किंग्स कपको सेमिफाइनलमा अल–बेहादको सामना गर्नेछन्। यो खेल जितेपछि नासर फाइनलमा पुग्नेछ। त्यहाँ उसले अल–इतिहाद या अल–हिलालसँग सामना गर्नेछ। प्रतियोगिताको फाइनल मे महिनामा हुनेछ।

रोनाल्डोले साउदी प्रोफेसनल लिगमा अहिलेसम्म ११ गोल ​​गरिसकेका छन्।