सुदूरपश्चिममा भारतबाट फर्किएका अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५५ वर्षमाथिका, दीर्घरोगी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई खोपको ‘बुस्टर डोज’ दिन थालिएको छ।
बैतडी– सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने संख्या रहेको छ। प्रदेशका नौवटै जिल्लामा हालसम्म कूल २२ लाख ३३ हजार ८३१ जनाले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएका छन्।
तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने सङ्ख्या १० लाख १५ हजार ३७ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। कैलालीमा सात लाख ३२ हजार ७८९ जनाले पूर्ण मात्रा लगाएकामा तीन लाख ८६ हजार १८८ जनाले मात्रै बुस्टर डोज लगाएका छन्।
कञ्चनपुरमा चार लाख ३९ हजार १६८ जनाले पूर्ण र एक लाख ९९ हजार ८५७ जनाले बुस्टर डोज लगाएको निर्देशनालयले जनाएका छन्। यस्तै बैतडीमा दुई लाख ११ हजार ६५२ जनाले पूर्ण तथा ९८ हजार २१३ बुस्टर डोज, अछाममा एक लाख ८३ हजार ६०२ जनाले पूर्ण तथा ८८ हजार ८५२ जनाले बुस्टर डोज, डोटीमा एक लाख ६१ हजार १३८ जनाले पूर्ण तथा ६३ हजार ५१४ जनाले बुस्टर डोज लगाएका छन्।
यसैगरी बझाङमा एक लाख ३७ हजार १११ पूर्ण तथा ३२ हजार ११७ जनाले बुस्टर डोज, डडेलधुरामा एक लाख २७ हजार ७२५ जनाले पूर्ण तथा ६७ हजार ५८४ बुस्टर डोज, बाजुरामा एक लाख २५ हजार ४६८ जनाले पूर्ण तथा २९ हजार ८०९ जनाले बुस्टर डोज तथा दार्चुलामा एक लाख १४ हजार ६२८ जनाले पूर्ण तथा ४८ हजार ९०३ जनाले बुस्टर डोज लगाएका छन्।
रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोचका कारण बुस्टर डोज लगाउनेको संख्या भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले बताए। सुदूरपश्चिममा ५५ वर्षमाथिका, दीर्घरोगी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई बुस्टर डोज दिन थालिएको छ।
उनीहरूका लागि ८९ हजार डोज खोज उपलब्ध रहेको जोशीले बताए। भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना संक्रमण दैनिक बढ्दै गएको छ। भारतबाट फर्किएकामा संक्रमण रहेकाले जोखिम बढेको छ। सिमानाकामा हेल्थ डेस्क स्थापनाका साथै अनिवार्य कोरोना परीक्षण गराउने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
प्रदेशसमा हालसम्म छ लाख ४७ हजार ७३४ जनाको कोरोना परीक्षण गरिएको छ। हालसम्म ६१ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाबाट प्रदेशमा हालसम्म ६३५ जनाको ज्यान गइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
