मोरङको एउटै परीक्षा केन्द्रबाट अर्काको नाममा एसईई दिने ५२ जना पक्राउ

ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँ– मोरङमा एउटै परीक्षा केन्द्रबाट अर्काको नाममा एसईई  दिने परीक्षार्थी पक्राउ परेका छन्।

ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए।

बिहीबार सामाजिक विषयको परीक्षा दिइरहेका उनीहरूमाथि शंका लागेर अनुसन्धान गर्दा नक्लली परीक्षार्थी रहेको पुष्टि भएकाले पक्राउ गरिएको उनले बताए।

यो घटनामा ठूलो हिरोह संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ।