न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा मुद्दा नचलाउनुको कारण देखाउन आदेश जारी गरेको छ।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध राहदानी प्रकरणमा मुद्दा नचल्ने महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षी महान्यायाधिवक्ताको कार्यालयलाई कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले निवेदकको मागअनुसार अन्तरिम आदेश जारी नभएको र कारण देखाउ आदेश जारी भएको जानकारी दिए।
महान्यायाधिवक्ताको कार्यालयलगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा सर्वोच्चको आदेशसँगै अब मुद्दा नचलाउने निर्णय गर्नुको कारण अदालतमा पेस गर्नुपर्नेछ। लामिछानेले अमेरिकाको राहदानी त्याग गरिसकेको प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय काठमाडौँ जहाँ भए पनि झिकाएर पेस गर्न सर्वोच्चको आदेशमा उल्लेख छ।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले गएको चैत ६ गते लामिछानेविरूद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेका थिए। सो निर्णयविरूद्ध युवराज पौडेलले सर्वोच्च अदालतमा सोमबार रिट दर्ता गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
