रविको राहदानीसम्बन्धी मुद्दाको पेसी न्यायाधीश हरि फुयाँलको इजलासमा

रिट निवेदनमा रविलाई उम्मेदवार बन्न नदिन अन्तरिम आदेशको मागसमेत गरिएको छ। अन्तरिम आदेश जारी भएमा उनको उम्मेदवारी खारेज हुनेछ।  

काठमाडौँ– रास्वपा सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दाको पेसी न्यायाधीश हरि फुयाँलको इजलासमा परेको छ।

यसअघि मंगलबारका लागि तोकिएको पेसी न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको थियो। तर, उनी संवैधानिक इजलासमा रहेर रविको नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ गरेकाले हेर्न नमिल्ने भएपछि सुनुवाइ भएको थिएन।

महान्यायाधिवक्ताको कार्यालयले रविविरुद्ध राहदानी मुद्दा नचल्ने भनी गरेको निर्णयविरूद्ध युवराज पौडेलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए। महान्यायाधिवक्ताको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा मुद्दा नचल्ने निर्णय गरेको थियो। न्यायिक परीक्षण नगरी उन्मुक्ति दिने काम गरिएको भन्दै पौडेल रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। 

रिट निवेदनमा रविलाई उम्मेदवार बन्न नदिन अन्तरिम आदेशको मागसमेत गरिएको छ। अन्तरिम आदेश जारी भएमा उनको उम्मेदवारी खारेज हुनेछ।