काठमाडौँबाट धनगढीको भाडा ४४० रुपैयाँ घटेको छ। काठमाडौँबाट हुने माउन्टेन फ्लाइटको भाडा ३४५ रुपैयाँ घटेर अधिकतम पाँच हजार ४९० कायम भएको छ।
काठमाडौँ– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ।
वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो। निगमले सोमबार हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले कटौती गरेको थियो।
सोअनुसार काठमाडौँबाट धनगढीको भाडा सबैभन्दा धेरै ४४० रुपैयाँ घटेको छ। यसअघि यो रुटमा यात्रुले सात हजार ५१० रुपैयाँ तिर्नुपर्थ्यो भने अब सात हजार ७० रुपैयाँ कायम गरिएको छ।
काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट)को भाडा ३४५ रुपैयाँ घटेर अधिकतम पाँच हजार ४९० कायम भएको छ।
यस्तै काठमाडौँ–भद्रपुर रुटमा ३००, विराटनगरमा २४०, जनकपुरका लागि १३०, पोखराका लागि १५५, भरतपुरका लागि ११०, भैरहवाको २०५, नेपालगन्जको १८५ र सुर्खेतका लागि ३४५ रुपैयाँले घटेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
