तीन महिनाको अवधिमा निर्यात ३५.७१ प्रतिशतले घटेको छ। यो अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको विभागले जनाएको छ।
काठमाडौँ– चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा ३ खर्ब ५९ अर्ब पुगेको छ। साउनदेखि असोज मसान्तसम्मको अवधिमा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको भन्सार विभागले जनाएको हो।
यो गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा १३.१३ प्रतिशत अर्थात् ५४ अर्ब २९ करोड २२ लाख ७७ हजार रुपैयाँले कम हो। कुल व्यापार घाटामध्ये भारतसँगको हिस्सा २ खर्ब १५ अर्ब ८० करोड २० लाख रुपैयाँ छ।
विलासिताका केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण मुलुकको वैदेशिक व्यापारमा केही सुधार देखिएको छ। असोजसम्म भारतलगायतका मुलुकहरूबाट ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको सामान आयात भएको छ। जुन अघिल्लो वर्षको असोजसम्मको तुलनामा १६.२० प्रतिशतले कम हो।
चालु आर्थिक वर्षको तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको भन्दा १७ अर्ब ७२ करोड १४ लाख रुपैयाँ बढीको इन्धन आयात भएको छ। असोजसम्म ७८ अर्ब २२ करोड ९४ लाख रुपैयाँबराबरको इन्धन भित्रिएको विभागको तथ्यांक छ।
यस्तै, तीन महिनाको अवधिमा निर्यात ३५.७१ प्रतिशतले घटेको छ। यो अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको विभागले जनाएको छ। यो गत वर्षको सोही अवधिको भन्दा २३ अर्ब २३ करोड २६ लाख ४१ हजार रुपैयाँले कम हो।
पहिलो त्रैमासिकमा नेपालले ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख ९४ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ। कुल वैदेशिक व्यापारमध्ये निर्यातको हिस्सा ९.५९ प्रतिशत मात्र छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
