मन्दिरलाई २०७२ सालको भूकम्पले क्षति पुर्याएको भए पनि पुनर्निर्माणका लागि पुरातत्त्व विभागबाट अनुमति लिन समय लागेको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवर बताउँछन्।
पोखरा– फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको पुनर्निर्माण भइरहेको छ। भूकम्पले भुईंतला सहितको तीनतले मन्दिर चर्काएपछि पुनर्निर्माण गर्न लागिएको हो।
२०७२ सालमा गएको भूकम्पका कारण मन्दिर दक्षिणतर्फ ढल्किएको थियो। तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरका अनुसार भूकम्पका कारण मन्दिरको केही भाग चर्किएपछि अध्ययन समिति बनाएर अध्ययन गरिएको थियो। अध्ययनका क्रममा मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएको पाइएको थियो।
“मन्दिरलाई २०७२ सालको भूकम्पले गर्दा चर्कायो। इन्जिननिरको टोली ल्याएर अध्ययन गर्दा तीन इन्च दक्षिणतर्फ ढल्केको छ भन्ने कुरा आयो,” उनले भने, “मन्दिरमा क्षति पुगेकाले पुनर्निर्माण भइरहेको छ।”
मन्दिरलाई २०७२ सालको भूकम्पले क्षति पुर्याएको भए पनि पुरातत्त्व विभागबाट अनुमति लिन समय लागेको उनले बताए। धेरै पटक धाएपछि मात्रै पुरातत्त्व विभागले मन्दिर पुनर्निर्माणको अनुमति दिएको उनको भनाइ छ।

“पुरातत्त्व विभागबाट बल्लबल्ल अनुमति मिल्यो। मन्दिर निर्माणका लागि २५ लाख रुपैयाँ सहयोग मिलेको छ,” उनले भने, “यसको एक करोड ४४ लाख रुपैयाँ निर्माण खर्च हुने देखिएको छ। सबै काम सकिइसक्दा २ करोड रुपैयाँ खर्च हुन्छ कि!”
इन्जिनियर, पुरातत्त्वविद्हरूले अनुगमन गरेर, भौगोलिक अवस्था अध्ययन गरेर मन्दिरको पुनर्निर्माण थालेको उनले बताए। मन्दिर भत्काएर पुनर्निर्माण गर्न दुई दिनसम्म ‘क्षमापूजा’समेत गरिएको थियो। अहिले पुरातत्त्व विभागका कर्मचारीको प्रत्यक्ष निगरानीमा मन्दिर भत्काउने काम भइरहेको छ।
मन्दिरका सामग्री सुरक्षित तरिकाले निकाल्न काठमाडौँबाट तीन जना दक्ष कामदार ल्याएको उनले सुनाए। पुरातत्त्वबाट खटिएका कर्मचारीले मन्दिरबाट निकालिएका काठहरू ‘नम्बरिङ’ गर्नेदेखि ऐतिहासिक महत्त्वका सामग्रीको पूर्ण निगरानी राखिरहेको उनको भनाइ छ।

“मन्दिरका झ्याँलढोका नबिगारी, नभत्काई निकालेका छौँ। नम्बरिङ गरेर आगामी ५० वर्ष चल्ने काठ भए राख्छौँ, नत्र फाल्छौँ,” उनले भने, “गाह्रो फुटेका ढुंगा बाहिर लगाउँछौँ।”
पुरातात्त्विक महत्त्वका सामग्री मन्दिरमा भएकाले सावधानीसाथ काम भइरहेको अध्यक्ष कुँवरले बताए। “भोलि गएर जोड्दा कुनै गल्ती नहोस्, फेरि समस्या नआओस् भनेर काठमाडौँबाट विज्ञहरूलाई बोलाएर काम गरिरहेका हौँ,” उनले भने।
मन्दिर पुनर्निर्माण शुरू गर्नुअघि क्षमापूजा गरेर मूर्तिहरू सारिसकेको उनको भनाइ छ। उनका अनुसार मन्दिरको मुख्य मूर्ति भने निकालेको छैन। पुजारीहरूले मुख्य मूर्ति चलाउन नहुने बताएपछि नझिकेको हो। चाँदीका मुकुट र अन्य मूर्तिहरू सारिसकिएको छ। मन्दिरको पुनर्निर्माण १० महिनाभित्रमा सक्ने योजन रहेको उनले सुनाए।
अहिले भत्काइँदै गरेको मन्दिर २०१७ सालमा बनेको थियो। पोखरा नगर डिभिजनका ओभरसियर रामबहादुर श्रेष्ठको डिजाइन र निर्देशनमा मन्दिर बनेको कुँवरले सुनाए। यो मन्दिरलाई कास्कीका राजा कुलमण्डन शाहले झुप्रो रूपमा स्थापना गरेका थिए। विभिन्न अभिलेखअनुसार विसं. १४४७ देखि मन्दिर स्थापना भएको पाइन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
