सोमबार नेप्से परिसूचक १६.६७ अंक घटेर १८७१.८८ अंकमा झरेको छ।
काठमाडौँ– साताको दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। सोमबार नेप्से परिसूचक १६.६७ अंक घटेर १८७१.८८ अंकमा झरेको हो। आइतबार पनि बजार २० अंकले घटेको थियो।
अर्थमन्त्रीमा प्रकाशशरण महत नियुक्त भएयता दुई दिनमा नेप्से ३६ अंकले घटिसकेको छ। लगानीकर्ताको संस्था पुँजी बजार फोरमले सोमबार मात्र अर्थमन्त्रीलाई भेटेर पुँजी बजार सुधारका लागि काम गर्न सुझाएको छ।
आइतबार कुल १ अर्ब २० करोडको कारोबार भएकोमा सोमबार कारोबार रकम पनि घटेर ९२ करोडमा खुम्चिएको छ। कारोबार भएका ३३ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो भने १० को स्थिर रह्यो। व्यापारबाहेक सबै उपसमूहका सूचक घटेका छन्।
कालिन्चोक दर्शनको सेयर मूल्य १० प्रतिशत बढ्दा एशियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा नबिल बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन डिस्टिलरी र अपि पावर अगाडि रहे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
