पहिलो दिन ‘भक्त सुरुदास’ नाच प्रहसन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताए।
काठमाडौँ– ललितपुरको पाटनस्थित चार नारायणणको मन्दिरअघि कात्तिक डबलीमा आइतबारबाट ३८२ वर्ष पुरानो कात्तिक नाच शुरु हुँदै छ। नाचको पहिलो दिन ‘भक्त सुरुदास’ नाच प्रहसन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताए।
अध्यक्ष चित्रकारका अनुसार नेपाल सम्वत् ७६१ मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुद्वय हरिवंश उपाध्य र विष्णुनाथ उपाध्ययको सल्लाहमा जनताको कल्याण निम्ति नाच शुरु गरेका थिए। शुरुआती दिनमा सात दिन नाच देखाइन्थ्यो। नेपाल सम्वत् ७८७ मा उनको छोरा श्रीनिवास मल्लले नाच दुई हप्तासम्म लम्बाएका थिए।
नेपाल सम्वत् ८०४ मा श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले नाच तथा कथन थपेर कात्तिक महिनाभर नाच गराए। कात्तिक महिनाभर नाचिने भएको कारण पनि यसलाई कात्तिक नाच भनिएको अध्यक्ष चित्रकार बताउँछन्। हाल नाचको अवधि घटेर १० दिनमा खुम्चिएको छ।
के हो ‘भक्त सुरुदास’ नाच?
‘भक्तसुरु दास’ नाचमा कृष्णका परमभक्त सुरुदासको कथा भनिन्छ। आँखा देख्न नसक्ने सुरुदासले भगवान् कृष्णसँग आँखाको वरदान माग्छ।
तर, आँखाको ज्योति प्राप्त भएपछि सुरुदास संसारिक मोह मायामा फस्छन् र कृष्णको भक्तिबाट विलिन हुन्छ। आफूलाई बोध भएपछि पहिलेकै अवस्थामा फर्काउन उनले भगवान् कृष्णलाई आग्रह गर्ने यस नाचको सारांश हो। आजको नाचमा १० जना नाच गण हुने समितिका अध्यक्ष चित्रकार बताउँछन्।
१० दिन प्रहसन हुने यस नाचमा कलाकार, वाद्यवाद्यक र सल्लाहाकार गरी सय जनाको समूह हुने गर्छ। नाचको आर्थिक पाटोमा ललितपुर महानगरपालिकाले एक करोड बराबरको अक्षयकोष स्थापना गरिदिएको छ। सोहीअनुसार कोषबाट नाच सञ्चालन हुँदै आएको छ। नाच हरेक साँझ सात बजेबाट शुरु हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
