‘ए’ डिभिजन लिग पुष २६गतेबाट शुरू गर्ने एन्फाले जनाएको छ। लिग जेठ २० गतेसम्म चल्नेछ।
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुने विभिन्न गोल्डकप तथा अन्य फुटबल प्रतियोगिताहरूका लागि मिति निर्धारण गरेको छ।
एन्फाले यस सिजनबाट पुनः डबल राउन्ड रोबिनको आधारमा शहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेसँगै देशका विभिन्न भूभागमा आयोजना हुँदै आएको गोल्डकप र अन्य फुटबल प्रतियोगिताका निम्ति ४ वटा विन्डो छुट्टाछुट्टै मिति छुट्याएको हो।
एन्फाले गोल्डकप र अन्य फुटबल प्रतियोगिताका लागि पहिलो विन्डो पुष ५ गतेदेखि १४ गतेसम्मका लागि तोकेको छ। यस्तै, दोस्रो विन्डो फागुनको २३ देखि चैत ३ गतेसम्मका लागि निर्धारण गरेको छ।
तेस्रो विन्डो चैत २ गतेबाट ११ र चौथो तथा अन्तिम विन्डो चैत ९ देखि १८ गतेसम्मका लागि तोकेको छ। यस सिजनबाट डबल राउन्ड रोबिनको आधारमा ‘ए’ डिभिजन लिग आयोजना गर्न लागकोले ब्रेकको समयमा मोफसलको प्रतियोगिताहरूलाई पनि असर नपर्ने गरी विन्डोको निर्धारण गरेको एन्फाले जनाएको छ।
‘ए’ डिभिजन लिग पुष २६गतेबाट शुरू गर्ने एन्फाले जनाएको छ। लिग जेठ २० गतेसम्म चल्नेछ। एन्फाले निर्धारण गरेको तालिका अनुसार लिगको अघि प्रि–सिजन स्वरूप पहिलो मोफसल प्रतियोगिताको मिति तय गरिएको छ।
यस्तै, लिगअन्तर्गतको पहिलो लेगका सबै खेल सकिएपछि दोस्रो मिति राखिएको छ। लिगको पहिलो लेगका खेलहरू फागुन २२ गते सकिनेछ। यसपछि लिगको दोस्रो लेगका खेलहरू चैत २४ गतेबाट शुरू हुनेछ। त्यसअघि नै मोफसललाई छुट्याइएको तेस्रो र चौथो विन्डो सकाउने एन्फाको योजना रहेको छ।
गोल्डकप र अन्य फुटबल प्रतियोगिताका आयोजकहरूले एन्फाले छुट्याएको विन्डोमा मात्रै प्रतियोगिता आयोजना गर्न पाउनेछन्। यसका लागि आयोजकहरूले निर्धारित विन्डोभित्रको समय माग गर्नुपर्ने एन्फाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
