वर्षाले प्रभावित भएको खेलमा पन्जाब किंग्सले कोलकता नाइट राइडर्सलाई डकवर्थ–लुइस (डीएलएस) मेथडको आधारमा ७ रनले पराजित गरेको छ।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औँ संस्करणमा पन्जाब किंग्सले विजयी शुरूआत गरेको छ। वर्षाले प्रभावित भएको खेलमा पन्जाब किंग्सले कोलकता नाइट राइडर्सलाई डकवर्थ–लुइस (डीएलएस) मेथडको आधारमा ७ रनले पराजित गरेको हो।
शनिबार मोहालीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ५ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। १९२ रनको लक्ष्य पछ्याएको कोलकताले १६ ओभरमा ७ विकेटको क्षतिमा १४६ रन पुर्याउँदा वर्षाले खेल रोकियो। त्यसपछि डीएलएस मेथडका आधारमा १५४ रनको लक्ष्य निर्धाण हुँदा पन्जाब ७ रनले विजयी भएको हो।
पन्जाबका लागि भानुका राजापाक्षले अर्थशतीकय पारी खेले। उनले ३२ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोडे। कप्तान शिखर धवनले ४० र साम कुरान २६ रनमा अविजित रहे। कोलकताका लागि टिम साउथीले २, उमेश यादव, सुनिल नारेन र वरुण चक्रवर्थीले १/१ विकेट लिए।
कोलकताका लागि आन्द्र रसलले ३५ रनको योगदान दिँदा वेन्काटेस अयरसले ३४ रन जोडेर। कप्तान कप्तान नितिश रानाले २४ रन, रहमानुल्लाह गुर्वाजले २२ रन बनाए। पन्जाबका लागि अर्सदीप सिंहले सर्वाधिक ३ विकेट लिए भने साम कुरान, नाथन एलिस, राहुल चाहर तथा सिकन्दर रजाले १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
