एमालेको सचिवालयको बैठकले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
काठमाडौँ– विपक्षी दल नेकपा एमाले आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि तनहुँ–१ र चितवन–२ मा उम्मेदवारको टुंगो लगाएको छ।
शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालयको बैठकले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
त्यस्तै, उनका अनुसार पार्टीका नेता भीम रावलसँग वार्ता गर्न पनि समिति गठन गरिएको छ। पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा पार्टी सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहेको तीन सदस्य समिति बनाएको गुरुङले जानकारी दिए। “त्यो टोलीले उहाँसँग कुराकानी गरेर अन्तिम निष्कर्षमा पुग्ने र उहाँलाई आवश्यक जिम्मेवारी दिनेबारे निर्णय गर्ने छ,” उनले भने।
उनले मिटरब्याज पीडितको समस्यामा सरकारले गम्भीर भएर पहल नगरेको बताए। उनले बैठकले मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको बताए। “मिटरब्याजबाट पीडित नागरिक काठमाडौँ आई धर्नामा बसेको र उनीहरू शारीरिक तथा मानसिक पीडाका कारण बिरामी पर्दै गएको प्रति सरकार गम्भीर ध्यानाकर्षण भएको छ” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
