आईपीएल क्रिकेटमा शनिबार दुई खेल हुँदै छन्। पहिलो खेलमा पन्जाब सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच तथा दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।
काठमाडौँ– साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा विजयी शुरूआत गरेको छ।
शुक्रबार राति सम्पन्न उद्घाटन खेलमा गुजरातले चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको हो। अहमदाबादमा जितका लागि पाएको १८० रनको लक्ष्य गुजरातले १९।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
गुजरातका शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६३ रन बनाए। ऋद्धिमान शाह १६ बलमा २ चौका र २ छक्कासहित २५, साई सुदर्शन २२, विजय शंकर २७ र हार्दिक पान्ड्या ८ रनमा आउट भए। राहुल टेवाटिया १५ र राशिद खान १० रनमा अविजित रहे।
चेन्नईका तीव्र गतिका बलर राजवर्धन हांगरगेकरले सर्वाधिक ३ तथा तुषार देशपाण्डे र रविन्द्र जडेजाले १र१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो।
चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्कासहित ९२ रनको सानदार इनिङ्स खेले। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। मोईन अली १७ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा क्याच आउट भए।
स्टोक्सले ७, अम्बाती रायुडूले १२ र शिबम दुबेले १९ रन बनाए। कप्तान महेन्द्रसिंह धोनी १४ रनमा अविजित रहे। गुजरातका राशिद खान, मोहम्मद शामी र अल्जारी जोशेफले २र२ विकेट लिए। राशिद खान प्लेयर अफ द म्याच चुनिए। जोशुवा लिटिलका नाममा १ विकेट रह्यो।
आईपीएलमा शनिबार दुई खेल हुँदै छन्। पहिलो खेलमा पन्जाब सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच तथा दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
