जापानी नागरिक सिएची सानोले गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा पाको उमेरमा सर्फिङ गर्ने पुरुषको कीर्तिमान राखेका छन्।
जापानी नागरिक सिएची सानोले ८० वर्षको हुँदा फुजी हिमाल चढेर नयाँ शुरूआत गरेका थिए। जापानकै सर्वोच्च हिमाल चढेर पनि चुनौती महसुस नगरेका सानोले त्यसलगत्तै सर्फिङ खेल्न शुरू गरेका थिए।
“यति मात्र भन्न चाहन्छु, म आफैँमा रमाउन चाहन्छु र कुनै तनावबिना आफूलाई मन लागेको कुरा गर्न चाहन्छु। पानीको छालसँगै बग्दा रमाइलो लाग्छ” सानो भन्छन्, “म राम्रो सर्फर होइन। तर यदि तपाईंले यसमा राम्रो बन्न खोज्दा अरू कसैले गरेजस्तो नक्कल गर्नुहुन्छ भने त्यसबाट रमाइलोपन हराउँछ।”
उनले गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा पाको उमेरमा सर्फिङ गर्ने पुरुषको कीर्तिमान राखेका छन्। उनी यसै वर्षको अन्त्यतिर ९० वर्ष पूरा हुन्छन्।
वृद्ध अवस्थामा पनि आफूलाई तन्दुरुस्त राख्ने र नयाँ कुरा सिक्ने कुनै अवसर नछाड्ने उनले बोल्डरिङ (रक क्लाइम्बिङ) गर्ने इच्छा पनि देखाएका छन्। “अब मैले बोल्डरिङको प्रयास गर्नेछु। पहिले जिमखानाभित्र सिक्छु, त्यसबाहिर अहिले केही खतरनाक हुनसक्छ,” उनी भन्छन्।
सबै साहसिक कार्य गर्न रुचाउने सानोले बन्जी जम्पिङ गर्न भने डर लाग्ने बताउँछन्। बरु आफूले १०० वर्षको हुँदासम्म पनि सर्फिङ गर्ने इच्छा व्यक्त गरे। स्थानीय एक बैंकका कर्मचारीहरूको प्रेरणाले गर्दा आफू सर्फिङमा रुचि लागेको सानो बताउँछन्।
योकोहामाबाट २० मिनेट टाढा बसोबास गर्ने सानो इनोशिमानजिकैको ब्ल्याक स्यान्ड बिचमा साताको अन्त्यमा अधिकांश समय बिताउँछन्। त्यहाँ सर्फिङ गर्ने अधिकांश बालबालिका र युवा भएको सानोका प्रशिक्षक ४६ वर्षीय काजुतो शिमिजुले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
