प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादीलगायत दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
शुक्रबार नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दललाई समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। प्रधानमन्त्री दाहालले कांग्रेसबाट चार जना सांसदलाई मन्त्री नियुक्त गरेका छन्।
उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन्। डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन्।

यस्तै, जसपाबाट अशोक राई शिक्षा र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिकामन्त्री बनेका छन्। एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री नियुक्त भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादीबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्रालयबाट गृह मन्त्रालय, रेखा शर्मा सञ्चार, सुदन किँराती पर्यटन र अमनलाल मोदी संघीय मामिलामन्त्री बनेका छन्।

यसैगरी, लोसपाका शरतसिंह भण्डारी श्रम र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्थामन्त्री भएका छन्।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा शपथ खुवाएका छन्। पुस ११ मा प्रधानमन्त्रीको शपथ लिएका दाहालले माघ ३, १४ र २३ तथा फागुन १४ र १६ मा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट भने सरकारबाट बाहिरिएको छ। जनमतबाट दाहाल सरकारमा सामेल खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएका हुन्। खानले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन्।
११ पुसमा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई प्रधानमन्त्री दाहालले ३ माघमा खानेपानीमन्त्रीको जिम्मेवारी दिएका थिए। शुरूदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको जनमत पार्टीलाई शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि खानेपानी राखेपछि खानले राजीनामा दिएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
