फिलिपिन्सको बासिलान प्रान्तमा एक पानीजहाजमा आगलागी हुँदा तीन बालबालिकासहित २८ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन्।
फिलिपिन्सको बासिलान प्रान्तको बालुक बालुक टापुको तटीय क्षेत्रमा एक पानीजहाजमा आगलागी हुँदा तीन बालबालिकासहित २८ जनाको मृत्यु भएको छ। सात जना बेपत्ता रहेको र १४ जना घाइते भएको बताएको छ।
पानीजहाजमा सवार २३० जनालाई सकुशल उद्धार गरिएको छ। यात्रुहरूको दर्ता संख्याको आधारमा केबल २०५ को नाम उल्लेख छ। त्यसैले पानीजहाजमा सवार यात्रुहरूको यकिन संख्या खुलेको छैन।
समुद्रमा रहेको पानीजहाजको एयर कन्डिसन क्याबिनमा बुधबार राति आगलागी भएको थियो। स्थानीय समयअनुसार रातको १०:४० बजे आगलागी हुँदा अधिकांश मानिस सुतिरहेका थिए। घटनाको कारण नखुलेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
आगलागी भएको थाहा पाउनेबित्तिकै क्याप्टेनले पानीजहाज घुमाएर तटीय क्षेत्रतर्फ लगेका थिए। त्यस क्षेत्रमा अहिले पनि उद्धार कार्य जारी रहेको बीबीसीले जनाएको छ। घटनाको अनुसन्धान र समुद्रमा इन्धन फैलिएको छ/छैन जाँचका लागि सहयोग गर्ने बासिलन प्रान्तकी मेयर अर्सिना काहिङ नानोहले आग्रह गरेकी छन्। उनले आगलागीका समयमा विस्फोट भएको समेत जानकारी दिइन्।
फिलिपिन्स ७६ सयभन्दा बढी टापुहरू मिलेर बनेको देश हो, तर त्यहाँको सामुद्रिक सुरक्षा कमजोर रहेको बीबीसीले जनाएको छ। विशेष गरी उचित नियमन नहुँदा सर्वसाधारणले पानीजहाजमा क्षमताभन्दा बढी यात्रु चढ्ने र पुराना डुंगाहरू यात्रामा निस्किने गर्दछन्।
यसअघि गत मे महिनामा पनि १३४ जना यात्रु लिएर यात्रा गरिरहेको द्रुत गतिको पानीजहाज दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो।
सन् १९८७ मा फिलिपिन्सको मिन्दोरो टापुनजिकै समुद्रमा कार्गो पानीजहाज र यात्रुले खचाखच भरिएको अर्को पानीजहाज आपसमा ठोक्किँदा करिब पाँच हजार मानिसको मृत्यु भएको भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
