निर्वाचन सम्पन्न गर्न सबैको भूमिका महत्वपूर्ण रहने बताउँदै आयुक्त तुलाधरले सबैसँग सहकार्य र समन्वयका लागि आग्रह गरिन्।
काठमाडौँ - निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र निष्पक्षरूपमा सम्पन्न गराउन आयोगको नेतृत्वमा सबैको दायित्व रहने बताएकी छन्।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा शनिबार आयोग तथा राससको सहकार्यमा धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त तुलाधरले यस्तो बताएकी हुन्।
उनले संविधान र कानूनले दिएको अधिकार र कार्यक्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको उल्लेख गर्दै यस क्रममा सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्त्व दिइएको बताइन्।
उनले निर्वाचनलाई सफल बनाउने कार्य आयोग एक्लो प्रयासबाट सम्भव नहुने भएकाले निर्वाचनका विभिन्न चरण र प्रक्रियाहरूमा भएका सही सूचनालाई प्रवाह गरेर आयोग र मतदाताबीच सेतुको कार्य गर्न पत्रकारहरूलाई आग्रह गरिन्।
“निर्वाचनका क्रममा सही सूचनाको संवाहक सञ्चारकर्मीहरू नै हुन्। सञ्चारकर्मीका सही सूचना हाम्रा लागि कोसेढुंगा हुनेछ”, आयुक्त डा. तुलाधरले भनिन्,, “आम मतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत रहेको छ । त्यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ । त्यस अर्थमा आयोग र सञ्चारको सम्बन्ध नङ र मासुजस्तै रहेकामा हामी स्पष्ट रहेका छौँ।”
आयुक्त तुलाधरले निर्वाचनका चरणहरूमा पनि सञ्चार क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्दै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर सन्तुलित र आधिकारिक सूचना दिन सञ्चारकर्मीलाई आग्रह गरिन्। उनले निर्वाचन आचारसंहिताको पालना सबैले गर्नुपर्ने र आचारसंहिता उल्लंघन भएका सही सूचना दिन सञ्चारकर्मीलाई आग्रह गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
