आँप धेरै फुलेकाले असिना, पानी र हावाहुरीले असर नगरेमा उत्पादन अत्यधिक वृद्धि हुने दाङको तुलसीपुर–९ का दिवेश केसीको भनाइ छ।
तुलसीपुर– यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ। फूलले आँपको रुख नै ढाकेको छ।
“अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ,” तुलसीपुर–७ प्रसेनीका नवराज सुवेदीले भने, “यसले हामीलाई खुसी बनाएको छ। हेर्दा पनि मनमोहक देखिन्छ।”
आँप धेरै फुले पनि यसलाई जोगाउन भने चुनौती रहेको तुलसीपुर–९ का दिवेश केसीले बताए। “हावाहुरी, असिना पानीले फूल झार्ने हो कि भन्ने चिन्ता छ,” उनले भने।
यसबर्ष आँपमा ‘अनइयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमको भनाइ छ। “फूल फुल्ने बिरुवामा एक वर्ष अनइयर र एक वर्ष अफइयर हुन्छ,” उनले भने, “यसवर्ष आँपको अनइयर चलिरहेको छ, त्यसैले धेरै फुलेको हो।”
असिना, पानी, हावाहुरीले असर नगरेमा आँप उत्पादन अत्यधिक वृद्धि हुने उनको भनाइ छ। आँप उत्पादन भए पनि त्यसलाई बजारीकरणका लागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्छ।
किसानलाई आँप संरक्षण तथा व्यवसायीकरणमा लगाउने पालिकाको योजना रहेको उनले सुनाए। दाङको पवननगर, मानपुर र बिजौरी क्षेत्र आँप उत्पादनका लागि उत्तम क्षेत्र मानिन्छन्। स्था
नीय बिजु, सुपारी जातका आँप उत्पादन हुने गर्छ। त्यस्तै दसरी, माल्डा, अम्रपाली, नागपुरे, बम्बे जातका आँप उत्पादन हुने गरेको छ। जिल्लामा बर्सेनि आठ हजार मेट्रिक टन आँप उत्पादन हुने तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
