पहाडी भूभागमा आशिंक बदली रहने, केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

काठमाडौँ- आज देशका पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

प्रदेश १ तथा वाग्मती गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा दिउँसो हल्का वर्षा सम्भावना रहेको विभागले जनाएको छ। राती भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यसबाहेक देशका अधिकांश भूभागको मौसम सफा रहने विभागले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।