सोमबार बसेको बढुवा समितिको बैठकले सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीका चार जना डीआईजीहरू एआईजीमा बढुवाका लागि सिफारिसमा परेका छन्।
सोमबार बसेको बढुवा समितिको बैठकले सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो।
एआईजी बसन्त कुँवरको आईजीपीमा बढुवा भएको रअन्य तीनजना एआईजीले चैत ११ गते अनिवार्य अवकाश पाएपछि रिक्त पदमा बढुवा सिफारिस गरिएको हो।
प्रहरी महानिरीक्षक भएको तीन दिनमा नै कुँवरले रिक्त पदमा बढुवाको प्रक्रिया अघि बढाएका हुन। गत असार १४ मा एसएसपीबाट डीआईजी बढुवा हुँदा कायम रोलक्रमलाई नै यथावत् राखेर बढुवा गरिएको छ।
अहिले बढुवा सिफारिस भएका चार डीआईजीभन्दा रोलक्रममा अघि रहेका पाँच जनालाई यसअघि नै एआईजी बढुवा गरिएको थियो। ती मध्येबाट कुँवर आईजीपी भइसकेका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
