आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २६.८५ अंक घटेर १८८८.२७ बिन्दुमा झरेको हो।
पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रूपमा उतारचढाव आइरहेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.०१ अंक, फ्लोट इन्डेक्स १.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९५ अंकले घटेको छ।
आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बिहीबारको तुलनामा आइतबार नेप्से कारोबार रकमसमेत घटेको छ। बिहीबार १ अर्ब ४१ करोडको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचक ४.७७ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त ३.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन र व्यापार २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, बैंक र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से परिसूचक घटे पनि माया खोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यस्तै, कालिन्चोक दर्शनको सेयरमूल्य ६ प्रतिशत बढेको छ। तर, यता जीवन विकास लघुवित्त, जाल्पा लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबार हिमालयन डिस्टिलरी कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
