इन्जिनियरका रूपमा काम गर्न नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले परीक्षा लिन शुरू गरिएको काउन्सिलका सदस्यसचिव शिवमंगल गिरीले बताएका छन्।
काठमाडौँ– इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्स परीक्षा लिन शुरू गरेको छ।
आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ शुरू भएको परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेका दुई हजार छ जना इन्जिनियर सहभागी छन्।
इन्जिनियर उत्तीर्ण भएपछि इन्जिनियर व्यवसाय गर्न काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले परीक्षा शुरू गरिएको काउन्सिलका सदस्यसचिव शिवमंगल गिरीले बताए। उनले पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको बताए।
सदस्यसचिव गिरीले परीक्षामा उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने बताए। काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीसँग परीक्षा लिने गरेको थिएन।
काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षा बिना लाइसेन्स दिएर काम गरिरहेका थिए।
अब काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
