कराँते महासंघको अध्यक्षमा युवराज लामा निर्वाचित

चितवनको पटियानीमा आइतबार सम्पन्न महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय समिति निर्विरोध चयन गरेको छ।

तस्वीर : राजेन्द्र बरालकाे फेसबुक

काठमाडौँ– नेपाल कराँते महासंघको अध्यक्षमा युवराज लामा निर्विरोध निर्वाचित भएका छन्।

चितवनको पटियानीमा आइतबार सम्पन्न महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय समिति निर्विरोध चयन गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य–सचिव एवं कराँतेका संस्थापक मध्येका एक लामा कुशल खेल प्रशासक मानिन्छन्। 

वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भएका छन्।

यस्तै दावा गुरुङ महासचिव, ध्वजमान मोक्तान र बलराम मित्र सचिव तथा किशोरप्रसाद भट्टराई कोषाध्यक्ष चयन भए। सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल र शशिकुमार तितुङ रहेका छन्।

नवनिर्वाचित पदाधिकारीलाई राखेपको खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ गराए।