सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनका लागि सरकार, संसद् र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।
काठमाडौँ– सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।
शनिबार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौँ साधरणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनका लागि सरकार, संसद् र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका हुन्।
उनले व्यवसायीलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नुपर्ने बताए। वर्तमान परिस्थितिलाई चाँडै अन्त्य गर्नका लागि सरकार, संसद्, सांसद र निजी क्षेत्रको भूमिका एक ठाउँ ल्याउन आवश्यक रहेको उनको भनाइ छ। “व्यवसायीको आन्दोलनभन्दा पनि रचनात्मक रूपमा समाधानका लागि भूमिका खेल्न आवश्यक छ,” उनले भने, “देशमा गम्भीर स्थिति देखा परेको छ।”
सभामुख घिमिरेले व्यवसायीको आन्दोलनभन्दा वार्ताका माध्यमबाट समस्या समाधानका लागि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे। उनले देशको अर्थतन्त्रमा गम्भीर स्थिति देखा परेको भन्दै त्यसको सामना गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको बताए।
महासंघले साधरणसभामार्फत उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने, बैंक कर्जाको ब्याजदर सरकारले एकल अंकमा ल्याउनुपर्ने, सरकारले बिदेसिने युवालाई देशभित्र नै रोजगारी दिनका लागि स्वरोजगारमूलक तालिमको व्यवस्था गर्ने, व्यवसायीले आयात गर्ने वस्तुको भन्सारदर कम गर्नुपर्ने र व्यवसायीलाई लगाइएको दोहोरो कर प्रणाली अन्त्य गर्नुपर्ने माग गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
