कांग्रेस महामन्त्री गगन थापाले अरूसँग मिलेर पदबाट हटाइदेलान् कि भन्ने डर प्रधानमन्त्रीमा रहेको टिप्पणी गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन्। शुक्रबार एक विद्यालयले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधनका क्रममा मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताएका हुन्।
"पटक–पटक प्रधानमन्त्री भइसकेका नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ। पटक–पटक चुनाव जितेकोलाई अर्को पटक चुनाव नजित्ला कि भन्ने डर छ। अहिले भइरहेका प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर मलाई हटाइदेलान् कि भन्ने डर छ," उनले भने, "जुनसुकै ठाउँमा पुगेको भए तापनि मान्छेलाई जति छ त्योभन्दा बढी पाउने इच्छा भइरहन्छ।"
महामन्त्री थापाले उनले बालबालिकालाई भने डर दिने गरी शैक्षिक वातावरण बनाउन नहुने बताए। बालबालिकालाई अभिभावक र शिक्षक मिलेर मिहिनेत गर्न सिकाउनुपर्ने तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ छ। "बालबालिकालाई बाँच्न, नाच्न र हाँस्न सिकाऔँ। बढी तनाव दिने काम नगरौँ। मिहिनेत गर्न सिकाऔँ," उनले भने।
महामन्त्री थापाले बालबालिकालाई एक अर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरूलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने तर्क गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
