मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरू गर्ने र अप्रिलसम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताएकी छन्।
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन्। बिहीबार भारतको दिल्लीमा आयोजित कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीसँगको भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरू गर्ने र अप्रिलसम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन्।
“भारतका मन्त्रीहरूले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो, हामीले प्रधानमन्त्रीले सम्भवतः भारत भ्रमणबाट नै विदेश भ्रमण हुन्छ भनेका छौँ। सरकारले बिस्तार पाएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ। अप्रिल महिनामा हुन्छ,” न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भनिन्।
उनले इन्टरनेसनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको उल्लेख गरिन्। उनले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाका बाहेकका अन्य नाकामा पनि सहज आदानप्रदान हुने गरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताइन्।
उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीले सिम कार्ड निकाल्दा सहजता प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताइन्। भारतमा बसेर नेपाली टेलिभिजन च्यानल हेर्न सहज बनाउनका लागि पनि भारतीय मन्त्रीहरूसँग कुरा राखेको उनको भनाइ छ।
मन्त्री शर्माले भारतले नेपाललाई उदारताका साथ प्राविधिक विषयहरूमा सहयोग गर्न पनि आफूले आग्रह गरेको बताइन्। भारत सरकार आफूले राखेका मागहरूमा सकारात्मक रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
