लोसपा वरिष्ठ नेता शरदसिंह भण्डारीले आफ्नो पार्टी सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष टिकाएर लैजान भूमिका खेल्ने बताएका छन्।
काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले सत्तागठबन्धनमा आबद्ध रहेका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीसँग पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले सत्ता गठबन्धनमा आबद्ध दलहरूको सरकारमा सम्मानजनक सहभागिता हुनुपर्ने बताएका हुन्।
उनले निर्वाचनअघि नै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष टिकाएर लैजान भूमिका खेल्ने बताए। उनले गठबन्धनलाई पाँच वर्ष टिकाएर जनताको अपेक्षाअनुसार सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झकझकाउने निर्णय बैठकले गरेको बताए।
“गठबन्धनको घटक भएकाले हामी जिम्मेवार भएर अघि बढ्नुपर्छ। यो गठबन्धनलाई पाँच वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झकझकाउने निर्णय भएको छ,” उनले भने, “गठबन्धनमा भएका पार्टीहरूको सम्मानजनक उपस्थिति हुनुपर्छ भन्ने मान्यता छ।”
वरिष्ठ नेता भण्डारीले बैठकमा समसामयिक परिस्थिति र राजनीतिका साथै सरकार गठनको प्रक्रियाबारे छलफल भएको बताए। उनले बैठकले पार्टीको संगठन बिस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने निर्णय गरेको उल्लेख गरे। उनले बारा–२ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वाभाविक रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
